ओलीलाई नेकपाले कारवाही गर्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी गरेको छ । 

त्यसका लागि नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा नै बस्ने तयारी गरिएको छ । 

बैठकले नै ओलीलाई कारवाही गर्ने तयारी गरेको हो । यसअघि नै आजका लागि नेकपाले स्थायी कमिटी बैठक बोलाएको थियो । 

प्रधानमन्त्री ओलीले आज विहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेका छन् । ओलीको यो कदमपछि खुमलटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरु भेला भएका छन् । 

ओलीले वैशाखसमा १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १३:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया