संवैधानिक निकायमा ४५ जनाको सिफारिस, अख्तियार प्रमुखमा प्रेम राई

सरकारले संवैधानिक निकायहरूमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरेको सिफारिस संसद सचिवालयमा दर्ता भएको छ । आइतबार दर्ता गरिएको चिठीमा मिति भने अगाडिको राखिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।

अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट मानिन्छन् भने, चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । 
प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनुवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान रहेको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १५:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया