संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ नहुने

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ नहुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्तित्वविहीन बनेकाले सुनुवाइ नहुने भएको हो । 

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाइका लागि संसद सचिवालयमा आयुक्तहरुको नाम सिफारिस भए पनि समितिको अस्तित्व नभएका कारण सुनुवाइ नहुने बताए । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति भए पनि प्रतिनिधिसभा विघटन भएकाले बैठक बस्न नसक्ने उनको भनाइ छ । 

विभिन्न संवैधानिक आयोगहरुमा ४५ जनाको नाम सिफारिस भएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार २०:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया