ट्र्याक्टर दुर्घटनामा युवतीको मृत्यु
फाइल फोटो

ट्र्याक्टर दुर्घटना परी एक युवतीको मृत्यु भएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको ट्र्याक्टर दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

 प्रहरीका अनुसार मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा इस्मा गाउँपालिका–२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते हुनुभएको छ । घाइते कुमालको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार ७:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया