चिनी मिललाई बेचेको उखुको भुक्तानी नपाएपछि केन्द्र सरकारलाई दवाव दिन काठमाडौं आएका सर्लाहीका उखु किसान ९ दिन देखि प्रदर्शन गरिरहेका छन्। सोमबार पनि उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन जारी राखेका छन्।
आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिक माहोल तातेको छ। प्रतिनिधिसभा विघटनको मुद्दाले उखु किसानको प्रदर्शन ओझेलमा परेको छ।
सोमबार बिहान माइतीघरमा उखु किसानसँगै विभिन्न राजनीतिक समूहको पनि प्रदर्शन थियो। राजनीतिक समूहका प्रदर्शनले सानो संख्यामा रहेका उखु किसानको आन्दोलनलाई ओझेलमा पारेको देखिन्थ्यो। माइतीघरमा अहिले पनि उखु किसान धर्नामा बसिरहेका छन् ।
सबैभन्दा अगाडी उखु किसान छन्। त्यस भन्दा पछाडि साझा विवेकशीलको एकतामा सामेल नभएको समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ । त्यसभन्दा पछाडि विवेकशील साझा पार्टीका नेता, कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।