पूर्वमाओवादी खेमाका नेकपा नेता तथा उद्योगमन्त्री लेखराज भट्ट आज विहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा सहभागी भएका छन् ।
उनले पछिल्लो समय नेकपामा पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर ओलीलाई समर्थन गर्न लागेको बताउन थालिएको छ ।
आजको भेलामा पनि उनले ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको बताएका छन् । ‘इतिहासमा सबैभन्दा बढी काम गरेको सरकार नै यही हो,’ उनले भेलामा भनेको कुरालाई एक नेताले उद्धृत गरे, ‘तर, यो सरकारलाई घेराबन्दीमा पारियो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।