बेलायतबाट आउने उडान रोक्दै युरोपेली मुलुक
फाइल फोटो

युरोपेली देशले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाउन थालेका छन् । बेलायतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बनेको चेतावनी शनिवार बेलायत सरकारले दिएको थियो । 

क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुने सम्भावना रहेकाले नागरिकलाई घरबाट ननिस्कनसमेत बेलायती सरकारले आग्रह गरेको छ । सो चेतावनीसँगै त्यहाँबाट हुने उडानमा आइतबारदेखि नै प्रतिबन्ध लगाउन थालिएको हो । 

बेलायतबाट आएको उडानमा रहेका एक जना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै नेदरलयाण्डले पनि आइतबारदेखि बेलायती उडानमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध आइतवार बिहान ६ बजेदेखि जनवरी १ सम्म लागू हुनेछ ।

सोही कदमलाई पछ्याउँदै जर्मनीले पनि बेलायत र दक्षिण अफ्रिकाबाट आउने विमानमा त्यस्तै खालको कदम चाल्ने बारे विचार गरिरहेको छ । छिमेकी बेल्जियमले पनि मध्यरातदेखि बेलायतबाट आउने हवाई उडान र रेल स्थगित गर्ने बताएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १३:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया