वामदेव गौतम गएनन् प्रचण्ड–ओली भेलामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादले नेपाली राजनीतिमा थप समस्या निम्त्याएको छ । यहीबीच विभिन्न नेताहरुले आफूूनिकट भेलाहरु बढाएका छन् । 

आज विहान नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकट सांसदहरु बोलाएका थिए । त्यही समयमा मन्त्रिक्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादलले आफूनिकट नेताहरुसँग परामर्श गरे । 

अहिले बानेश्वरको संसद भवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरुको छलफल चलिरहेको छ । 

यो भेलामा चाहिँ नेकपाका उपाध्यक्ष वामदेव गौतम गएका छैनन् । उनी विहान ओलीको छलफलमा पनि गएका थिएनन् । त्यस्तै बादल पनि यो छलफलमा गएका छैनन् । 

पछिल्लो समय नेकपा विवादमा प्रचण्ड नेपाललाई साथ दिँदै आएका गौतम आजको भेलामा नजानुलाई महत्वका साथ हेरिएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १५:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया