काङ्ग्रेस केन्द्रीय कार्यालयमा सर्वदलीय बैठक सुरु, प्रचण्ड र नेपाल दुवै सहभागी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली काङ्ग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ । 

बैठकमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पनि कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

बैठकमा जसपाका नेताहरु पनि पुगेका छन् । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको यो कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए । 

आजको बैठकमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध कसरी संघर्ष गर्ने निर्णय लिइने बताइएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १७:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया