सोमबार कुन जिल्लाका कति संक्रमित थपिए ?

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ७४२ जना संक्रमित थपिएका छन् ।

जसअनुसार प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना, संखुवासभामा ३ र सुनसरीमा ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रदेश २ को पर्सामा ३ र बारामा ६ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा २३५, काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा एकजनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

गण्डकी प्रदेशको कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्युठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५ जना संक्रमित थपिएका छन् ।



कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना संक्रमित थपिएका छन्  ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४, दार्चुलामा एकजना र बझाङमा ४ जनामा कोरोना पुष्टि भएको छ ।



  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १७:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया