अझै पार्टी एकताको पक्षमा छु, कुनै भेलामा जान्नँः वामदेव गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कुनै पनि पक्षमा नदेखिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी फुटको साक्षी बस्न नसक्ने बताएका छन् ।  

सोमबार आफ्ना सहयोगी विश्वमणि सुवेदीमार्फत गौतमले आफू पार्टी एकताकै पक्षमा रहेको उल्लेख गर्दै भनेका छन्, ‘फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।’

गौतमका बारेमा विभिन्न टीका–टिप्पणी भएपछि उनले विज्ञप्ति निकालेर ओलीको कदमको विपक्षमा रहेको बताएका थिए । ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले आ–आफ्नो भेलामा बोलाए पनि उनी कतै गएका छैनन् । 

मन्त्रिपरिषद्ले संसद भङ्ग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि आफूले राष्ट्रपतिलाई सिफारिस स्वीकृत नगर्न भन्न चाहेको, तर टेलिफोनमा कुरा गर्न असम्भव असम्भव भएको बताउँदै गौतमले राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत उक्त सिफरिसलाई मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुने अनुरोध गरेको जानकारी गराएका छन् । 

आफू यो पार्टी एकीकरण गराउनेमध्येको नेता भएको दाबी गर्दै गौतमले आफू अहिले पनि एकताको पक्षमा म रहेको, तर संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहने बताएका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १७:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया