चालु आवको प्रथम चार महिनाको आयातनिर्यात समानान्तर, बढ्यो चामलको आयात

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपैयाँ पुुगेको छ । 

तथा अन्य मुलुकतर्फ क्रमशः १४ दशमलव ९ प्रतिशत र ६ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९ दशमलव दुई प्रतिशतले घटेको छ । 
वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कुल वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेर ४ खर्ब २ अर्ब ४९ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६ दशमलव ९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव एक प्रतिशत, २५ प्रतिशत र १९ दशमलव आठ प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जालगायत वस्तुको आयात भने घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात घटेको छ । 

यस अवधिमा पोहोरको तुुलनामा चामलको आयात दोब्बरभन्दा धेरैले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पहिलो ४ महिनामा ६ अर्व ३० करोड रुपैयाँबराबरको चामल आयात भएकोमा यो बर्ष बढेर १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चामल आयात भएको हो ।



राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा कुल वस्तु व्यापार घाटा १२ दशमलव पाँच प्रतिशतले घटेर तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दशमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । 



  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १७:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया