कांग्रेस महाधिवेशन अझै टाढा

जसै प्रधानमन्त्री केपी ओलीले आइतबार संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरे, आगामी चौधौं महाधिवेशन लक्षित देश दौडाहामा रहेका नेपाली कांग्रेसका नेताहरूलाई हतार–हतार काठमाडौं फर्किनुपर्ने परिस्थिति बनाइदियो । 

महाधिवेशनमार्फत् पार्टी नेतृत्वमा पुग्नका लागि कांग्रेस नेताहरूले गरिरहेको प्रयासमाथि प्रधानमन्त्री ओलीको कदमले हालका लागि स्थगित गरिदिएको छ । ओलीको संसद् भङ्ग गर्ने निर्णयलाई अदालतले सही ठहर गरेको खण्डमा मुलुक आगामी वैशाखसम्म चुनावमा होमिने छ । आगामी जेठमा गर्ने भनिएको पार्टीको महाधिवेशन आमनिर्वाचन लगत्तै गर्ने वातावरण हुँदैन । संविधानतः आगामी भदौसम्म कांग्रेसले आफ्नो चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने स्थिति छ ।

उक्त मितिभित्र पनि महाधिवेशन हुन सकेन भने कांग्रेस संवैधानिक संकटमा पर्न सक्छ । यस्तो बेला देउवाले के गर्न सक्छन् ?

देउवाले उक्त समयसम्म आफूलाई पार्टीको नेतृत्वमा दोहोर्याउन सक्ने परिस्थिति बन्यो भने भदौसम्म आगामी महाधिवेशन हुनसक्छ । यदि नेतृत्वमा पुग्न देउवाले चुनौती देखेको स्थितिमा कुनै एक सानो पार्टीलाई कांग्रेसमा विलय गराउन सक्छन् । यदि यसो गर्न सकेको खण्डमा देउवाका लागि पार्टीको महाधिवेशनलाई पछि धकेल्न सहज हुनेछ ।

यदि देउवाका लागि यस्तो कदम चाल्न सहज भएको परिस्थितिमा कांग्रेसले नयाँ नेतृत्व पाउने सम्भावना तत्कालका लागि टर्छ । कांग्रेसभित्र नयाँ नेतृत्वका लागि बहस हुँदै आएका बेला महाधिवेशन झन लम्बिँदै जानु आफैंमा बिडम्बनापूर्ण हुन सक्छ ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १८:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया