नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अब पार्टी विभाजनका लागि गरिएका विभिन्न भेलामा नजाने बताएका छन् ।
उनले पार्टी फुटाउनका लागि अहिले नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका भेलामा आफू सहभागी नहुने बताएका छन् ।
‘केपी ओलीले गरेको भेला होस् या अरु कमरेडले गरेको कुरा नै किन नहोस्,’ उनले भनेका छन्, ‘ती सबै पार्टी फुटाउन भएका हुन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’
उनले अहिले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन पनि ठिक नभएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।