बालुवाटारमा ओलीले बोलाएको बैठकलाई प्रचण्डलाई भने– नौटंकी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब विभाजनको सँघारमा पुगेको छ । दुई पार्टी बन्ने क्रम अहिले सुरु भइसकेको छ । त्यसको प्रमाण हो, मंंगलबार बालुवाटार र बानेश्वरमा बोलाइएका नेकपा केन्द्रीय कमिटी बैठक । 

एउटै पार्टीका दुई ठाउँमा हुने यी बैठकले स्पष्ट संकेत गरेको छ, नेकपा अब केही समयमा दुई पार्टीका रुपमा आउँदैछ ।

आज संसद भवनमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर भएको सांसदहरुसँगको भेलामा प्रचण्डले भोलिका लागि ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकलाई नौटंकी भनेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि यी दुई समूहले गुटगत भेला बढाएका छन् । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २१:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया