ओलीलाई भेट्न बालुवाटार पुगे बादल

पछिल्लो समय नेकपामा देखिएको विवादमा कित्ताकाँट क्लियर गर्न गृहमन्त्री रामबहादुर थापा बादल अब तयार हुन थालेका छन् । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि बादलले कुन पक्ष लिने हुन् भन्ने अहिलेसम्म प्रष्ट भएको छैन । 

यहीबीच बादल सोमबार साँझ बालुवाटार पुगेका छन् । 

बादलले ओलीलाई भेटेर एक घन्टा कुराकानी गरेको उनीनिकट एक नेताले बताएका छन् । 

तर, बादलले ओलीसँग कुनै सहमति गरे या गरेनन् भन्ने प्रष्ट भएको छैन ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २२:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया