जसले अमेरिकामा सबैभन्दा महङ्गाे घर किने

एजेन्सी– अमेरिकाको म्यानहटन सहरमा रहेको एउटा अपार्टमेन्ट २ सय ३८ मिलियन अथवा २७ अर्ब १३ करोड २० लाखमा बिक्री भएको छ । यो अमेरिकामा बिक्री भएको घरमध्ये सबैभन्दा महँगो हो ।

अमेरिकाको सेन्ट्रल पार्कलाई सबैभन्दा महँगो बस्ती पनि मानिन्छ । सेन्ट्रल पार्कमै रहेको यो घर अमेरिकी अर्बपति केन ग्रिफनले किनेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनीका रिटायर्ड संस्थापकले सो घर किनेका हुन् । 

५० वर्षीय ग्रिफिनले सोमबार मात्र पनि लन्डनको बर्किङघम प्यालेससँगै अर्काे महँगो घर किनेका थिए । उनले त्यो घर १ सय २४ मिलियन अथवा १४ अर्ब १३ करोड ६० लाखमा किनेका थिए । यसअघि पनि ग्रिफिनले सन् २०१५ मा ६० मिलियनको सबैभन्दा महँगो घर किनेको रेकर्ड बनाएका थिए । 

गत वर्ष सिकागोमा गिफिनले ५९ मिलियन डलरको घर किनेका थिए । उनीसँग सिकागोमा मात्र तीन, फ्लोरिडामा पामबीचमा ६ तथा हुवाईमा दुईवटा महँगा घर छन् । 

सेन्ट्रल पार्कमा सन् २०१४ मा १ सय ३७ मिलियन अर्थात् १५ अर्ब ६१ करोड ८० लाखमा बिक्री भएको थियो । जसलाई यसअघिको सबैभन्दा महँगो घर मानिएको थियो ।
 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार २२:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया