काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका हुन्। ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलसहितको उपस्थितिमा सपथ खुवाएका हुन्।
सपथका क्रममा उनले पार्टीमा रहँदा स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन जिउने वाचा गराएका छन्। 'पार्टीमा रहँदा स्वच्छ एवम् नैतिक आचारण युक्त जीनव बिताउने छु', ओलीले सपथ खुवाएको व्यहोरामा भनिएको छ, 'गलत विचार र व्यवहारविरुद्ध डटिरहनेछु। सबैखाले प्रतिक्रियावादी शक्ति गलत विचार र व्यवहारविरुद्ध दृढतापूर्वक डटेर जुध्नेछु।'
सपथ खुवाउने क्रममा ओलीसँगै यसअघि प्रचण्ड समूहमा रहेका नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि उपस्थित थिए। कार्यक्रममा स्वागत भाषण नै रायमाझीले दिएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।