प्रचण्ड–नेपाल नेकपाको नयाँ अध्यक्ष माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ अध्यक्ष माधवकुमार नेपाल हुने भएका छन् । पछिल्लो समय विभाजनको बिन्दूमा पुगेको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बानेश्वरमा राखेको केन्द्रीय कमिटी बैठकमा यो निर्णय गरिएको हो । 

भेलामा सहभागी एक केन्द्रीय सदस्यले फरकधारलाई दिएको जानकारीअनुसार यो समूहले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ । 

बानेश्वरमा यो समूहको भेला सुरु भएको छ । 

यसअघि ओली समूहले पनि बालुवाटारमा केन्द्रीय कमिटी भेला गरेको थियो । भेलामा यो समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । यो भेलामा नारायणकाजी श्रेष्ठलाई कारवाही गरिएको छ । अन्य नेतालाई कारवाही नगरिएको नयाँ प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १४:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया