नेपाली कांग्रेसको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेपछि उत्पन्न विशेष परिस्थितिको समीक्षा गर्न बैठक बसेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि कांग्रेसले आइतबार आकस्मिक बैठक देउवा निवास बुढा नीलकण्ठमा गरेको थियो । कांग्रेसको आह्वानमा सोमबार बसेको तीन दलको भेलाले प्रतिनिधि सभा विघटनको विपक्षमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।