ओलीले प्रवक्ताबाट हटाएपछि के भन्छन् नारायणकाजी ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अब औपचारिक रुपमा विभाजन सुरु भइसकेको छ । मंगलबार यो पार्टीका दुई समूहले छुट्टाछुट्टै भेला राखेका छन् । 

अनि उनीहरुले छुट्टाछुट्टै निर्णय पनि गरेका छन् । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको भेलाले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको छ । ओलीले अब आफ्नो समूहबाट प्रदीपकुमार ज्ञवालीलाई नयाँ प्रवक्ता घोषणा गरेका छन् । 

अर्कोतिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाएको छ । यो समूहले चाहिँ ओलीलाई नै पार्टी अध्यक्षबाट निस्कासित गरेको निष्कर्ष निकालेको छ । 

यो समूहले अहिले पनि आधिकारिक रुपमा नेकपा प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहेको जनाएको छ ।

नारायणकाजी श्रेष्ठ अहिले पनि नेकपा प्रवक्ता भएको भन्दै यो समूहले आज गरेको केन्द्रीय कमिटी बैठकको निष्कर्ष पनि सार्वजनिक गरेको छ । श्रेष्ठले चाहिँ आफूलाई ओली समूहले गरेको कारवाहीको विषयमा कडा प्रतिक्रिया दिएका छन् ।



उनले भनेका छन्, ‘म कुनै गुटको वा व्यक्तिको प्रवक्ता होइन । म नेकपा पार्टीको प्रवक्त हुँ, अहिले पनि नेकपा पार्टीको प्रवक्ता नै हुँ ।’ केन्द्रीय कमिटी बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार २३:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया