‘संविधानको आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहन्छ’

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगमनकारी कदमविरुद्ध लड्न आलटाल गर्न नहुने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै भट्टराईले संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहने बताएका हुन्।

‘संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्ये\भीष्मप्रतिज्ञा सबैभन्दा आवश्यक गुण हो। ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तु,परन्तु गर्नु आत्मघाती हुनेछ’ भट्टराईले भनेका छन् । 

संविधान विपरित भएको प्रतिनिधिसभा विघटनलाई मान्यता दिनेगरी निर्वाचनमा जान नहुने र त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने तर्क पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गरेका हुन् । 

 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार ८:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया