प्रचण्ड–नेपाल नेकपाको संसदीय दलको नेता बने प्रचण्ड

पछिल्लो समय नेपाली राजनीतिमा नयाँ नयाँ मोड देखिएका छन् । विशेषगरि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अब नयाँ यात्रा सुरु गरेको छ । 

नेकपामा अब औपचारिक रुपमा टुक्रिएको छ । टुक्रिएसँगै नेकपाका विभिन्न समूहले आआफ्ना भेला गरेका छन् ।

बुधबार बानेश्वरमा भएको संसदीय समितिको भेलामा नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको छ ।

उता, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले बुधबार नै विभिन्न प्रदेशका सदस्यहरुलाई काठमाडौंका विभिन्न ठाउँमा प्रशिक्षण दिएका छन् । 

नेकपाको विधानअनुसार संसदीय दलको नेता चुनिएकै व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था रहेको छ । अब प्रचण्ड–नेपाल नेकपाले प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई अगाडि सार्ने निश्चित भएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १४:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया