सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सांसद भएको भेलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका छन् ।
प्रचण्ड–माधवकुमार नेपाल समूहको बैठकले अब नेकपाको संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएपछि प्रचण्डले अब चुनौतिको सामना गरेर अगाडि बढ्ने र नयाँ सरकार गठन गर्ने बताएका छन् । नेकपा विधानअनुसार नेकपाका संसदीय दलका नेता नै प्रधानमन्त्रीका उम्मेदवार हुने प्रावधान रहेको छ ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलो संसद विघटन गरेपछि निम्तिएको नयाँ परिस्थितिअनुसार प्रचण्ड–नेपाल पनि आफ्नो समूहलाई मिलाएर अगाडि बढाउन खोजिरहेका छन् ।
‘संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ,’ प्रचण्डले आजको बैठकमा सम्बोधन गर्दैै भने, ‘अहिले चुनौति छन् तर अब हाम्रो सरकार बन्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।