सुर्खेतमा कोरोना संक्रमित ७५ वर्षीय पुरुषको मृत्यु

सुर्खेतमा ७५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–७ निवासी ती पुरुषको बुधबार बिहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । 

सास फेर्न कठिनाई भएपछि पुस १ गते प्रदेश अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका ती पुरुषको जिन एक्सपर्ट पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

आइसियूमा भर्ना गरी उपचार गर्दै गर्दा कडा निमोनियासँगै कोरोना संक्रमणका कारण उनको निधन भएको सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । 

मृतकको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको उनको भनाइ छ । 

सुर्खेतमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको छ । 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १९:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया