नेपालमा राजतन्त्र फर्किन्छ भन्ने चर्चा गरिरहनु पर्ने विषय होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्किने कुरा चर्चा गर्न पर्ने विषय नै नभएको बताएका छन् । 

एक राष्ट्रिय टिभीलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले अहिले देशमा राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको बताएका हुन् । 

उनले नेपालमा राजतन्त्र चार पटक सकिएको पनि उल्लेख गरेका छन् । 

उनका अनुसार नेपालमा २००७ सालमा, २०५८ सालमा भएको राजदरबार हत्यकाण्डमा, २०६२–६३ को जनआन्दोलनमा र २०६५ सालमा देश गणतन्त्र घोषणा हुँदा राजतन्त्र सकिएको बताएका छन् । 

त्यसैले पनि यो विषयमा अहिले चर्चा गर्न नमिल्ने उनले बताएका हुन् । 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २१:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया