प्रदेशमा चलखेल गरे थप कदम चाल्ने प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपामा देखिएको विभाजनमा प्रदेशमा पनि केही हेरफेर गर्न खोजेको खण्डमा थप कदम चाल्ने चेतावनी दिएका छन् । 

बुधबार साँझ योहो टिभीमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

अहिले सत्तारुढ नेकपा दुई कित्तामा बाँडिएको छ । प्रधानमन्त्री ओलीले अब अर्को समूहले प्रदेशमा पनि आफ्नो समीकरण बलियो बनाउने र प्रदेश सरकारहरुमा हेरफेर गर्ने सम्भावना बढेपछि यस्तो बताएका हुन् । 

केन्द्रमा अहिले नेकपा दुई समूहमा विभाजित छ । प्रदेशहरुमा पनि केन्द्रमा देखिएको विभाजनअनुसार भएमा अधिकांशमा ओली समर्थित नेताहरु अल्पमतमा पर्ने निश्चित छ ।

त्यसैले, प्रधानमन्त्री ओलीले अहिले प्रदेश र स्थानीय तहमा जुन समीकरण छ, त्यही छोड्नु पर्ने दोहोर्याएका छन् । 

‘मैले जनतामा जाने निर्णय गरेको छु,’ अन्तर्वार्तामा ओलीले भनेका छन् ।



नेकपा नेतृत्वमा ६ प्रदेशमा सबैमा ओली समर्थित सरकारहरु अब अल्पमतमा परेका छन् । त्यही भएर पनि ओलीले यस्तो चेतावनी दिएका हुन् । तर, उनले थप कदम के हुने भन्ने चाहिँ खुलाएका छैनन् ।



  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २३:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया