बुधबार ९ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार तोलामा सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने एक सय रुपैयाँ बढेको हो । ​

यसअधि आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९ सय रुपैयाँ बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ पुगेको थियो। 

त्यसमा मंगलबार ३ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यही भाउमा बिहीबार एक सय रुपैयाँमात्र बढेको महासंघले जनाएको छ । 

यस्तै चाँदी भने तोलामा १५ रुपैयाँ बढेर तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १०:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया