शिक्षकमा कोरोना देखिएपछि धनगढीमा धमाधम विद्यालय बन्द

धनगढीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालय धमाधम बन्द हुन थालेका छन् । बिहीबारसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन् ।

धनगढीस्थित त्रिभुवन मावि, शारदा मावि, राष्ट्रिय मावि र धनगढी नमुना माविमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएकै कारण बन्द भएका छन् ।

शिक्षक कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय धमाधम बन्द हुनथालेका हुन् ।

शिक्षकमा शंकास्पद लक्षण देखिएपछि परीक्षण गराउँदा एकजना शिक्षकलाई कोरोना पुष्टि भएकाले एक साताका लागि विद्यालय बन्द गरिएको शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले जानकारी दिए ।

‘हामी शिक्षक कर्मचारी सबैले स्वाब परीक्षण गराउँछौँ,  कसैलाई संक्रमण देखिएन भने एक सातापछि विद्यालय सञ्चालन गछौँ,’ प्रअ सिंहले भने, ‘यदि अरूलाई पनि संक्रमण देखियो भने त्यही अनुसारको व्यवस्थापन गर्ने तयारी गरेका छौँ ।’ अहिलेलाई १४ गतेसम्म विद्यालय बन्द गरिएको उनले बताए ।

तर, निजी शैक्षिक संस्था भने कोरोना संक्रमणका कारण हालसम्म बन्द भएका छैनन् । अभिभावकहरूले निजी शैक्षिक संस्था सञ्चालकले कोरोना संक्रमण लुकाएर जोखिम मोल्दै विद्यालय सञ्चालन गर्ने गरेको आरोप लगाउन पनि थालेका छन् ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १२:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया