नियामकको दवावपछि बढ्यो कोरोना बिमा दाबी भुक्तानी
प्रतीकात्मक तस्बिर

अर्थमन्त्रालयको दवावपछि कोरोना बिमा दावी भुक्तानी दर बढेको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले पनि भुक्तानीमा ढिलाई हुने गरेको भन्दै अनुगमन गरेपछि भुक्तानी तीव्र रुपमा हुन थालेको हो ।

बुधबारसम्म १५ हजार ३८१ जना कोरोना संक्रमित बिमितले दावी भुक्तानी पाइसकेको बीमा समितिले जनाएको छ । हालसम्म कारोना बिमा दाबी भुक्तानीमा कम्पनीहरुले १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिसकेको समितिको दाबी छ ।

हाल २ हजार ६८६ जना दावी भुक्तानी पाउने प्रक्रियामा रहेको समितिको भनाइ छ  । यस्तै, ३ हजार ५५५ जनाको फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा परीक्षण हुँदै छ भने ७४५ जनाको फाइल  महाशाखामा पठाउने तयारीमा कम्पनीहरु छन् ।

त्यसैगरी बिमा दाबी गर्ने २ हजार ५३ जनाको फाइल डकुमेन्ट नपुगेर कम्पनीमै फिर्ता गरिएको बीमा समितिको भनाइ छ । यस्तै, ३ हजार ७९८ जनाको फाइल भने स्वीकृत हुन बाँकी रहेको समितिले जानकारी दिएको छ ।

यस्तै, दोहोरो दाबी गरेका कारण ७६ जनाले भने भुक्तानी नपाउने भएका छन् । एक कम्पनीबाट मात्रै बीमा रकम पाउने हुनाले उनीहरुले दाबी भुक्तानी नपाउने नेपाल बिमक संघले जानकारी दिएको छ ।

बीमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो । सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० तिरेर १ लाखको बीमा गर्न सकिने व्यवस्था थियो ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १३:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया