युवती लिफ्ट माग्छन् र लुटपाट गर्छन्
एक जना अभियोगी पक्राउ
सांकेतिक तस्बिर

गत साउन ८ गते सिन्धुली कमलामाई नगरपालिका-२ बस्ने भोला बहादुर जर्घामगर रत्नपार्कबाट कीर्तिपुर जाँदै थिए । एक युवतीले मोटरसाइकलमा लिफ्ट मागिन् ।

साँझको समय समस्यामै परेको ठानी युवतीलाई सहयोग गर्न उनी तयार भए । उनले चोभारसम्म पुर्याइदिन अनुरोध गरिन् । चोभार पुग्दा नपुग्दै भोलाबहादुरलाई अपरिचित व्यक्तिहरुले घेरा हाले । को के भन्ने प्रश्नको सवाल जवाफ हुँदा नहुँदै भोला बहादुरको साथमा रहेको ६ तोला सुनको १ थान सिक्री, २ थान मोबाइल, १ थान चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत गरी ६ लाख ३५ हजार बराबरको धनमाल लिएर युवतीसहित उनीहरु फरार भए । 

भोलाले प्रहरीमा उजुरी गरे । लामो अनुसन्धानपछि काठमाडौं स्युचाटार बस्ने दोलखा शैलुङ गाउँपालिका-३ घर भएका सागर भन्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा लालबहादुर समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरी विभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको र लालबहादुरलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १३:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया