पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–बैकक सिधा उडानको माग
फाइल फोटो

नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्य हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सको  भनाइ छ ।

नेपालमा बौद्धमार्गी पर्यटक भित्र्याउन थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान गर्नुपर्ने चेम्बरको भनाइ छ । पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लुम्बिनी–बैंकक सिधा हवाई उडानमा जोड दिएका थिए ।

 नेपाल र थाइल्याण्डबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सम्भावनालाई उपयोग गर्न र ‘बौद्ध परिपथ’ प्रवर्द्धनका लागि लुम्बिनी–बैंककबीच सिधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने उनको भनाइ थियो ।

भेटका अवसरमा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए । पर्यटन क्षेत्र विस्तारका लागि ‘बौद्ध परिपथ’को अवधारणा तथा बैंकक–लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मक रुपमा लिएको राजदूतको भनाइ थियो ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १३:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया