सयपत्रीमा आत्मनिर्भर बन्दै नेपाल
फाइल फोटो

पछिल्ला समय नेपाल सयपत्रीमा आत्मनिर्भर बन्दै गएको छ । गतवर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो भने  यो वर्ष  १५ लाख मात्र मालामात्र माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो ।

व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् । अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेको छ ।

कोरोनाको त्रास कायमै रहेकाले फूलको व्यापारले भने अझै गति लिन सकेको छैन । सार्वजनिक कार्यक्रम नभएको, मानिसमा क्रयशक्ति कम भएको र यस वर्षका लागि विवाहको लगन पनि कम भएकाले फूलको व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ ।

कोरोना शुरु हुनुभन्दा पहिले दैनिक ३५ लाख रुपैयाँसम्मको फूलको आर्थिक कारोवार हुने गरेको थियो । अहिले दैनिक यस्तो कारोबार ५ लाखमा मात्रै कारोवार हुने गरेको छ । पछिल्लो समय मठमन्दिर विस्तारै खुले पनि होटल र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले गति लिन नसकेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

नेपालमा हाल व्यावसायिक रुपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १४:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया