भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १ लाख २३ हजार
फाइल फोटो

भारतमा बिहीबारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ संक्रमित फेला परेसँगै कुल संक्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणका कारण ३१२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७५६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ९३ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८३ हजार ८४९ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको र १८ जनाको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणका कारण दिल्लीमा १० हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।

बुधबारसम्म देशभर १६ करोड ५३ लाख ८ हजार को हाराहारीमा नमुना परीक्षण गरेको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १५:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया