नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने भएको छ । बिहीबार पार्टी मुख्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति बैठकले यस्तो निर्यण गरेको हो ।
मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा सरकारको कदमविरुद्ध आन्दोलित हुने÷नहुने विवादबीच आन्दोलनको निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्चको निर्णय कुरेर मात्रै अघि बढ्ने रणनीतिमा छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानैपर्ने अडानमा छ ।
पौडेलले आजै अनामनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरुसँग बैठक गरेका थिए । उक्त बैठकमा सहभागी महामन्त्री शशांक कोइरालासहित नेताहरु आन्दोलनका लागि एकमत भएको एक नेताले जानकारी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।