कर्णालीमा बादल समूह प्रचण्ड–नेपालतिर
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका नरेश भण्डारी ‍(दायाँ) र सांसद कृष्णा शाह ।

नेकपा विभाजनका क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली पक्षमा गएपछि उनी निकटका कर्णालीका सांसद भने प्रचण्ड–नेपालतिर लागेका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका नरेश भण्डारी र सांसद कृष्णा शाहले नेता बादलको साथ छाडेका हुन् ।

भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन् । पूर्वमाओवादीको तर्फबाट सांसद बनेका दुवै जना प्रचण्ड–नेपाल समूहतिर लागेका हुन् । हाल काठमाडौँमा रहेका भण्डारीले आफू प्रचण्ड–नेपाल समूहमा जाने निर्णय गरेको बताएका छन् । सांसद शाहले त्यस विषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रदेश सभाका ४० सांसदमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३३ जना सांसद छन् भने नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । नेकपाका ३३ सांसदमध्ये तत्कालीन नेकपा एमालेबाट २० जना र माओवादीबाट १३ जना सांसद निर्वाचित भएका थिए । जसमा एमालेबाट निर्वाचित २० मध्ये ओली समूहमा सभामुखसहित १२ जना सांसद छन् भने नेपाल समूहमा ८ जना छन् ।

रामबहादुर थापा ‘बादल’ समूहका दुईजना सांसद सहित प्रचण्ड समूहमा १३ जना सांसद थिए । तर यसअघि प्रचण्ड निकटका दुई सांसद ओली समूहमा गएपछि प्रचण्ड समूहमा ११ सांसद छन् भने ओली पक्षका सांसदको संख्या सभामुख सहित १४ पुगेको छ । प्रचण्ड–नेपाल समूहमा १९ जना सांसद पुगेका छन् ।





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १५:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया