उपत्यकामा बढ्दै पर्यटकीय चहलपहल
फाइल फोटो

कोरोना महामारीका कारण लामो समय ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कँदै छ । उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत चैत पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुक आउने क्रम बढेको छ । वसन्तपुर क्षेत्र गत मङ्सिर ३ गतेबाट खुला गरिए उपत्यकाका विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षा अनुरुप आएका छैनन् ।

अवलोककर्ताको प्रवेश शुल्कबाटै वार्षिक करिब १२ करोड रुपैयाँसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई १ हजार र नेपालीका लागि ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकर्षणको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भुकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम पनि भइरहेको छ ।

अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारी गरेको उनले बताए । भुकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनर्निर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाका रूपमा रहेको काष्ठमण्डप पनि आगामी वैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १५:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया