नेपाली कांग्रेसका प्रभावशाली युवानेता प्रदीप पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछापका ५१ कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका, माला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् । रामेछाप पकरबासका रोशन बुडाथोकीको नेतृत्वमा ५१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रामेछाप कांग्रेस सभापति लवश्री न्यौपाने सहभागी थिए । जिल्लाका नेता रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए ।
कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिको आयोजनामा पार्टी प्रवेश गराइएको सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेहरुमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योन्जन, सुरेन्द्र पण्डित, गणेश पण्डितलगायत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।