पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिलाः भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको बताए । विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

एक छिमेकी र शुभचिन्तकको हिसाबले नेपाल र त्यहाँका जनतालाई शान्ति, समृद्धि र विकासको बाटोमा अग्रसर हुन भारतले निरन्तर सहयोग गरिरहने उल्लेख गर्दै उनले भने, ‘नेपालको राजनीतिक विकासक्रमलाई हामीले नोट गरेका छौँ, यो नेपालले प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्णय लिने आन्तरिक मामिला हो ।’





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १९:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया