सरकारको विरोधमा दाङमा राके जुलुस
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा बिहीबार साँझ घोराहीमा प्रदर्शन भएको मसाल जुलुस । तस्बिर : फरकधार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भ्रातृ संगठन अनेरास्ववियु दाङले केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा घोराहीमा मसाल जुलुस प्रदर्शन गरेको छ । घोराहीको तुलसीपुर चोकमा प्रदर्शनसहित अनेरास्ववियुका नेता कार्यकर्ताहरूले नाराबाजी सहित मसाल जुलुसमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।

मसाल जुलुसलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले प्रतिनिधिसभा विघटनले जनता भावना माथि चोट पुर्‍याएको बताए । जनताको अधिकार स्थापित गर्ने सभा नै प्रधानमन्त्रीले भंग गरेपछि सभा विघटनसँगै प्रधानमन्त्री ओलीले जनताको अधिकार खोसेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको असंवैधानिक कदमले जनताको मुटुमा खिल रोप्ने काम गरे, जसले जनतालाई धेरै पीडा दिएको छ ।’ 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १९:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया