सुन तोलामा सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

नेपाली बजारमा शुक्रबार सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ कायम गरेको छ । हिजो बिहीबार तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले नै बढेर ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ भने तोलाको १ हजार २८० रुपैयाँमै स्थिर रहेको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १२:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया