आइसिपीले पूरा गरेन राजस्व लक्ष्य
फाइल फोटो

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाकाका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी)ले चालू आर्थिक वर्षको मङ्सिरसम्म लक्ष्यभन्दा ११ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि मंसिरसम्मको पाँच महिनाका लागि ६५ अर्ब २५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा  ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजस्व उठाएको छ । उक्त रकम लक्ष्यभन्दा ११ प्रतिशतले कम हो ।

देशमा कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको कार्यालयले जनाएको छ । सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि एक खर्ब ७१ अर्ब रुपैयाँ राजस्व उठाउन लक्ष्य दिएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ ।

कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । 

वीरगञ्ज भन्सार नाका भटमासको तेल निकासी हुने मुख्य नाका मानिएको छ । बारा, पर्सामा रहेका १४ वटा उद्योगले यस्ता तेल निकासी गर्दै आएका छन् । 
 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १४:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया