दाङमा प्रधानमन्त्रीविरुद्ध दिनैपिच्छे विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनसँगै देशव्यापी रुपमा दिनैपिच्छे आन्दोलन चर्किंदै गइरहेको छ । विभिन्न दल तथा भ्रातृसंगठनहरुले विरोध सभादेखि प्रदर्शनसमेत गरिरहेका छन् । अनेरास्ववियुले बिहीबार साँझ दाङमा मसाल जुलुस गरेका थियो, भने शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववियुले लुम्बिनी प्रदेशको १२ जिल्लामा शुक्रबार विरोध प्रदर्शन गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सहित प्रदेशको १२ वटै जिल्लामा मध्याह्न १२ बजे विरोध प्रदर्शन गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिए ।

विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको माग राख्दै अनेरास्ववियु दाङले केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार घोराहीमा विरोध प्रदर्शन गरेको हो । घोराहीको सहिदगेटबाट सुरु भएको विरोध प्रदर्शन तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले प्रतिनिधिसभा विघटनले मुलुकलाई अनिर्णयको बन्दी बनाएकाले विघटित प्रतिनिधिसभा पुनःस्थापित हुनुपर्ने, असंवैधानिक कदमको खारेजी हुनुपर्ने माग गरेका थिए । प्रतिनिधिसभा जनाधिकारको सभा रहेकाले यसलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य गोपाल घर्ती, लेखा समितिका केन्द्रीय सदस्य भीमराज खरेल विरोध मन्तव्य राखेका थिए ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १५:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया