प्रधानमन्त्रीले  विस्तार गरे मन्त्रिपरिषद्, सबै पूर्वमाओवादीबाट आएका

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मन्त्रीहरुको सपथ आजै साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा तय गरिएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् विस्तारबारे पुष्टि गरेका छन्। 'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। आजै मन्त्रिपरिषद् बिस्तार गरेर सपथपछि क्याबिनेट पनि बस्छ', उनले फरकधारलाई भने। 


दाहाल-नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएपछि ओलीले ती स्थानमा पूर्वमाओवादी समूहका नेताहरुलाई अवसर दिएका हुन्। मन्त्रिपरिषदका नयाँ अनुहारमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन्। 

टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्री बनाइएको छ। पर्यटन मन्त्रालयमा मणि थापा, शिक्षा मन्त्रालयमा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी तोकिएको छ। प्रधानमन्त्री ओलीले पार्टी विभाजनपछि आफ्नो पक्षमा आएका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई मन्त्री बनाएका हुन्।  
 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १७:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया