वैधानिक नेकपा हाम्रो हो, सबै सम्पत्ति हाम्रो हुन्छः माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले वैधानिक नेकपा आफूहरुको भएको दाबी गरेका छन् । उनले पार्टीका नाममा भएका सम्पत्तिहरु सबै आफ्नो समूहको हुने दाबी गरेका हुन् । 

बबरमहलमा शुक्रबार राखिएको पत्रकार सम्मेलनमा नेपालले आफ्नो समूहको पार्टी नै वैधानिक नेकपा भएको बताएका हुन् ।

‘हाम्रो पार्टी नेकपा हो, यसमा कुनै द्विविधा छैन, हामी नै साँचो नेकपा भएकाले पार्टीका सबै सम्पत्ति हाम्रो नै हुनेछ,’ उनले भने, ‘नेकपाको हुने भएकाले सबै सम्पत्ति र पार्टी कार्यालय आफ्नो बताएका छन् ।’





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १८:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया