प्रधानमन्त्री ओलीले थपेका ८ मन्त्री कोको हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

उनले यसअघि संसद विघटन गरेपछि नेकपामा प्रचण्ड–माधव नेपाल समूहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

रिक्त रहेका मन्त्रालयहरुमा ओलीले आफ्नो समूहका नेताहरु ल्याएका हुन् । उनले आज थपेका आठ मन्त्रीहरु सबै पहिले पूर्वमाओवादी प्यानलमा थिए । 

पार्टी विभाजनपछि उनको पक्षमा आएका प्रचण्डनिकट मानिएका सबै नेताहरुलाई अब प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् । 

मन्त्री बन्नेहरुमा टोपबहादुर रायमाझी, दावा तामाङ, प्रभु साह, प्रेम आले, गौरीशंकर चौधरी, मणि थापा, बिमला बिक, गणेश ठगुन्ना रहेको बताइएको छ । 
 

सबैलाइै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । उनीहरुले केही समयमा राष्ट्रपति भण्डारीले सपथ खुवाउँदै छिन् । त्यसपछि आजै मन्त्रिपरिषद् बैठक राखिएको छ । 






  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १८:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया