प्रहरीले चितुवाको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय, डोटी आदर्श गाउँपालिका–५ का लामिखालका ३५ वर्षीय बरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चितुवाको छाला र हड्डी बरामद गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।