१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको उद्यमशील छात्रवृत्ति दिइने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको उद्यमशील छात्रवृत्ति दिने सम्झौता भएको छ । छात्रवृत्ति अन्तर्गत ४९ जना विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिने भएको छ । 

ती मध्ये सात जना छात्राले पूर्ण छुट पाउने छन् । ब्याच्लर इन बिजनेस म्यानेजमेन्ट (इ–बिजनेस) मा अध्ययन गर्ने छात्रछात्रालाई यो छात्रवृत्ति प्रदान गरिनेछ । 

चेम्बर भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा चेम्बर र फाउन्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जालानले हस्ताक्षर गरे । 

त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोस्रोपटक शैक्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई धन्यवाद दिए । अध्यक्ष श्रेष्ठले जिल्ला चेम्बरमार्फत विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरु छनोट गरी छात्रवृत्ति वितरण गरिने बताए । 





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १९:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया