नेपाल कम्युनिस्ट पार्टी अहिले विभाजित भइसकेको छ । निर्वाचन आयोगले आधिकारिक रुपमा नाम नदिएसम्म कुन समूहले अब आफ्नो नाम नेपाल कम्युनिस्ट लेख्न पाउने हो भन्ने निश्चित छैन ।
दुवै समूह केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले आआफूले यो नाम लिन पाउने बताइसकेका छन् ।
गत आइतबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यही दिन नेकपाका सात मन्त्रीले राजीनामा दिएका थिए । तीमध्ये एक हुन्, निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई ।
हो, अहिलेसम्म भट्टराई रहेको प्रचण्ड–नेपाल समूहले संसद विघटन भएको मानिसकेको छैन । तर, भट्टराईले मन्त्रीबाट राजीनामा दिएको एक साता बित्नै लाग्दा पनि सामाजिक सन्जाल ट्विटरमा भने आफ्नो बायो फेर्न भ्याइसकेका छैनन् ।
आखिर नेपालमा युवा पुस्ताकै नेताहरु पनि कहाँ त्यति धेरै सामाजिक सन्जालमा अपडेटेड छन् र ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।