बाबुरामको प्रश्न : लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी मुर्ख कि ओली ?
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटपछि गरेका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । 

निर्वाचित जनप्रतिनिधिको निकाय संसद भंग गरेर सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा आफैँ गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्नु विधि परम्परा विपरित भएको उनको ठहर छ ।

बाबुरामले ओलीको यो शैलीलाई ज्ञानेन्द्रले गरेको जस्तै भएको टिप्पणीसमेत गरेका छन् । यही सन्दर्भमा विरोध गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । 

‘आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने’ यो कहॉको विधि र परम्परा हो ? सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान–लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’, बाबुरामले ट्वीटरमा लेखेका छन्  । 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार ६:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया